कपिलवस्तु, १३ वैशाख - कपिलवस्तुको विजयनगर गाउँपालिका–४ महिलावारमा आज साँझ आगलागी हुँदा ५० घरगोठ जलेर नष्ट भएका छन् ।
महिलवारका दादु कहारको घरमा भुजा भुट्ने क्रममा आगो सल्किएको हो । आगलागीबाट गुल्लु कहारको घरमा पाहुना लागेकी कोटवाकी बन्सी प्रजापति घाइते भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट दादु कहार, गुल्लु कहारलगायतका घर जलेका छन् ।
आगोबाट चारबाख्रा, दुई गाई मरेको स्थानीयवासी गौतम यादवले जानकारी दिनुभयो । घाइतेको शिवराज अस्पाताल बहादुरगन्जमा उपचार भइरहेको छ । कृष्णनगर नगरपालिकामा रहेको दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस