
विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ४७ हजार ८ सय ७३ पुगेको छ । वल्र्डोमिटरको तथ्यांक अनुसार हालसम्म विश्वभर ५५ लाख ८८ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
विश्वभर कोरोना भाइरस संक्रमणपछि निको हुनेको संख्या २३ लाख ६५ हजार ७ सय १९ रहेको छ भने २८ लाख ७४ हजार ७ सय ६४ जनामा अहिले कोरोना भाइरसको संक्रमण रहेको छ ।
तथ्यांकअनुसार हालसम्म अमेरिकामा सबैभन्दा धेरै संक्रमित भएका छन् । अमेरिकामा कोरोना भाइरस संक्रमणको संख्या १७ लाख ६ हजार २ सय २६ रहेको छ भने ९९ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । यस्तै अमेरिकामा ४ लाख ६४ हजार ६ सय ७० जना उपचारपछि भाइरसमुक्त भइसकेका छन् ।
अमेरिकापछि ब्राजिलमा कोरोना भाइरस सबैभन्दा धेरै फैलिएको छ । ब्राजिलमा ३ लाख ७६ हजार ६ सय ६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने १ लाख ५३ हजार ८ सय ३३ जना उपचारपछि निको भएका छन् । ब्राजिलमा संक्रमणबाट २३ हजार ५ सय २२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै रसियामा ३ लाख ५३ हजार ४ सय २७ जनामा संक्रमण देखिएको छ भने १ लाख १८ हजार ७ सय ९८ जना उपचार पछि निको भएका छन् । रजियामा भाइरसका कारण ३ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ ।
यस्तै स्पेनमा २ लाख ८२ हजार ४ सय ८० जनामा भाइरस संक्रमण भएको छ भने १ लाख ९६ हजार ९ सय ५८ जना उपचारपछि निको भएका छन् । स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ हजार ८ सय ३७ पुगेको छ ।
यस्तै बेलायतमा २ लाख ६१ हजार १ सय ८४ जनामा संक्रमण देखिएको छ जसमध्ये ३६ हजार ९ सय १४ जनाको मृत्यु भइसकेको छ ।