कालीकोट, १३ वैशाख - जिल्लाको रास्कोटमा पहिलो पटक आज गाडी पुगेको छ ।
ग्रामीण पहुँच कार्यक्रम (-याप थ्री)ले जिम्मा लिएको सान्निघाटदेखि सिपखानासम्मको सडकको काम सम्पन्न भएपछि आजदेखि यहाँ यातायातका साधनहरू सञ्चालनमा आएका छन् ।
जिल्लाको दुई स्थान रास्कोट नगरपालिकाको स्युना, सिपखाना र फुकोटमा १७ किलोमिटर र पचालझरना गाउँपालिकाको जारकोटदेखि राम्नाकोटसम्म पाँच किलोमिटरमा काम भइरहेको अवस्थामा रास्कोटमा आज गाडी पुगेको हो ।
ग्रामीण पहँुच कार्यक्रमका धर्म भण्डारीका अनुसार गाडी परीक्षणका लागि ल्याइए पनि औपचारिक उद्घाटन भने हुन बाँकी छ ।
यसअघि, नेपाली सेनाले कर्णाली करिडोरको लालिघाटदेखि शान्तिघाटसम्मको १६ किलोमिटर सडक सम्पन्न भएपछि साना जिप सञ्चालनमा आएका थिए । गाउँमा गाडी पुगेपछि रास्कोटका स्थानीयवासी खुसी भएका छन् । रासस