०१ साउन २०८३, शुक्रबार

अपांगता भएका छोरालाई नहरमा धकेलेर मारिन् आमाले (भिडियो)

जेठ १३, २०७७
अपांगता भएका छोरालाई नहरमा धकेलेर मारिन् आमाले (भिडियो)

अमेरिकाको मायामीमा एक महिलाले अटिजम भएका छोरालाई नहरमा धकेलेर मारेको भिडियो सार्वजनिक भएको छ । 

प्याट्रिसिया रिप्ले नामक ४५ वर्षीया महिलाले छोरो अलेहान्द्रोको अपहरणको नाटक गर्दै उनलाई डुबाउने कोशिश गरेकी थिइन् । पहिलोपटक छोरालाई धकेल्दा अन्य मानिस आएर बचाएका थिए तर दोस्रो प्रयासमा छोरोको मृत्यु भएको प्रहरी अधिकारीहरूले शनिवार बताए । 

अलेहान्द्रो अटिजमबाट पीडित थिए र बोल्न सक्दैनथिए । उनको शरीर मायामीको नहरमा तैरिरहेको अवस्थामा शुक्रवार फेला परेको थियो । रिप्लेलाई हत्याको आरोपमा पक्राउ गरिएको छ । 

घटनाको भिडियो फूटेज युनिभिजनले प्राप्त गरेको थियो । त्यसमा रिप्लेले अलेहान्द्रोसँग हिँड्दै गर्दा उसको टाउको मुुसारेको र उसलाई नहरमा धक्का दिएको देखिन्छ । त्यसपछि उनी भाग्छिन् र छिमेकीहरूसँग आउँछिन् । उनीहरूले बालकलाई बचाउँछन् । 

त्यसपछि रिप्लेले आफ्नो छोरालाई मिक्कोसुकी गल्फ यान्ड कन्ट्री क्लबमा रहेको अर्को नहरमा लगेर छोरालाई धक्का दिएकी थिइन् । 

त्यहाँ चाहिँ छोरालाई बचाउनका लागि कोही पनि उपलब्ध नरहेको प्रहरीको भनाइ छ । 

मायामी–डेडकी न्यायाधिवक्ता क्याथरिन फर्नान्डेज रुन्डलले प्याट्रिसिया रिप्लेविरुद्ध कर्तव्य ज्यानको आरोप दर्ता गर्रिको र धरौटीरहित हिरासतमा राखिएको बताइन् । 

प्याट्रिसियालाई मृत्युदण्ड दिने माग गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय नलिइसकेको उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्