१० असार २०८३, बुधबार

संसदमा संविधान संशोधनबारे छलफल : कसले के भने ?

कात्तिक २०, २०७४
संसदमा संविधान संशोधनबारे छलफल : कसले के भने ?


काठमाडौँ, १३ वैशाख - व्यवस्थापिका–संसद्को बुधबार साँझ बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मालिमामन्त्री अजयशङ्कर नायकले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।samsad

सो प्रस्तावमाथि भाग लिँदै नेकपा (एमाले)का प्रकाश ज्वालाले संविधानको पटकपटक संशोधन ल्याउनु गलत भएको र संशोधन पहाड र तराईलाई छुट्याउने गरी ल्याएको बताए ।

सांसद मीना पुनले सीमाङ्कनको विषयमा गम्भीर आपत्ति रहेको बताइन् । रेवतीरमण भण्डारीले संविधान संशोधनका नाममा जथाभावी गर्ने काम भएको भन्दै आपत्ति प्रकट गरे ।

प्रेम सुवालले संविधान संशोधन कुनै पनि दृष्टिले उचित नभएको धारणा राखे ।


बैठकमा नेकपा(माले)का सिपी मैनालीले वैवाहिक आधारमा नागरिकता दिने वैधानिक नभएको हुँदा संविधानले व्यवस्था गरेअनुसार गर्नुपर्ने विचार व्यक्त गरे ।

रामेश्वर फुयाँलले प्रदेशसभाको अधिकार कटौती गर्न र लोकतन्त्रलाई कमजोर बनाउन संशोधन प्रस्ताव ल्याएको बताए ।

सांसद शेरबहादुर तामाङले संविधान संशोधन सैद्धान्तिक रुपमा त्रुटिपूर्ण छ भने ।
लालबाबु यादव र अफिलाल ओखेराले संविधान संशोधन प्रस्तावमा छलफल गर्न नसक्ने धारणा राखे । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नायकले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सबै मातृभाषालाई सम्मान गर्ने उद्देश्यले भाषासम्बन्धी संशोधन ल्याइएको बताए ।

उनले नागरिकताका विषयमा राष्ट्रघाती काम नभई नेपाल एउटा समृद्धिको बाटोमा लाग्न सक्छ भने ।

salt training

कमेन्ट गर्नुहोस्