०९ साउन २०८३, शनिबार

राजपाले किन बुझाएन आयोगलाई दस्तखत ?

कात्तिक २०, २०७४
राजपाले किन बुझाएन आयोगलाई दस्तखत ?
काठमाडौँ, १४ वैशाख - स्थानीय तहको चुनावका लागि उम्मेदवारको मनोनयनका लागि निर्वाचन आयोगले आधिकारिक दस्तखत बुझाउन दिएको दुई दिनको समयसीमा बुधबार सकिए पनि राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले बुझाएको छैन, गोरखापत्रले खबर छापेको छ ।rajapa copy
दस्तखत नबुझाएपछि अब राजपा नेपाललाई दलगत उम्मेदवारीमा समस्या आउने सम्भावना छ । दलहरूबीच दुई चरणमा चुनाव गर्ने सहमति भएपछि आन्दोलनरत राजपा नेपाल लगायतका दललाई आधिकारिक दस्तखत बुझाउन वैशाख १२ र १३ गते गरी दुई दिनको समय दिइएको थियो । तर बुधबार कार्यालय समयसम्म राजपाले दस्ताखत बुझाएको छैन ।
स्थानीय तह निर्वाचन प्रयोजनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १८ बमोजिम राजनीतिक दलको तर्फबाट विभिन्न पदका लागि खडा गरिने उम्मेदवारको मनोनयन गर्ने औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलको पदाधिकारीको नाम, थर, पद र दस्तखतको नमुना चैत ३० गते सम्ममा पेस गर्न चैत २६ गते आयोगले सूचना जारी गरेको थियो ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दस्तखत नबुझाएको दलले चुनावमा दलगत उम्मेदवारी दिन नपाउने बताए । उनले भने , ‘मधेसवादी दलहरू एकीकृत भएर गठन गरेको राष्ट्रिय जनता पार्टी नेपालबारे आयोगलाई जानकारी गराइए पनि दस्तखत भने बुझाइएको छैन । ’
आन्दोलनरत राजपा नेपालको बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले सविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने निर्णय गर्दै हाललाई दस्तखत पनि नबुझाउने निर्णय गरेको राजपा नेपालका नेता केशव झाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्