२३ असार २०८३, मंगलबार

यसरी दलियो लोकमानमाथि सर्वोच्च अदालतभित्रै कालोमोसो

कात्तिक २०, २०७४
यसरी दलियो लोकमानमाथि सर्वोच्च अदालतभित्रै कालोमोसो
काठमाडौं, ६ पुस–तारेख बुझ्न सर्वोच्च अदालत पुगे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की माथि सर्वोच्च अदालत परिसरमै दुव्र्यवहार र कालोमोसो दलिएको छ ।

सर्वोच्चका प्रवत्ता लालबहादुर कुँवरले तारेख बुझ्न आएका लोकमान माथि दुव्र्यवहार र हुलहुज्जतको प्रयास भएको लोकान्तरलाई बताए । उनीमाथि कालोमोसो दलिएको छ ।

कार्कीले तारेख बुझेर हस्ताक्षर गर्ने बेलामा एक व्यक्तिले पछाडि बाट कार्कीको दाहिने गालोमा कालो मोसो दलेका थिए । कालोमोसो दलेर भाग्ने क्रममा उनीहरुलाई सर्वोच्चको प्रहरीले नियन्त्रणमा लिएका थिए । समात्ने रस्साकस्सीका बीच उनीहरुले नेकपा माओवादी जिन्दावादको नारा लगाएका थिए ।

पक्राउ परेका दुई जनाको नाम खुल्न बाँकी रहेको छ । प्रहरीले कालोमोसो दल्ने कार्यमा संलग्न २ जना रुकुम घर भएका नेकपा माओवादीका कार्यकर्ता भएको खुलको जनाए ।

salt training

कमेन्ट गर्नुहोस्