०४ असार २०८३, बिहीबार

‘बाहुबली २’ हेर्ने तयारीमा हुनुहुन्छ ? सोचेजस्तो नपाएपछि निराश भइएला

कात्तिक २०, २०७४
‘बाहुबली २’ हेर्ने तयारीमा हुनुहुन्छ ? सोचेजस्तो नपाएपछि निराश भइएला

काठमाडौं, १४ वैशाख– दक्षिण भारतीय चलचित्र ‘बाहुबली २’ यसवर्षको सवैभन्दा बढी प्रतिक्षित चलचित्र हो । भारतमा मात्र हैन यो चलचित्रको प्रतिक्षामा भारतबाहिरका दर्शक पनि उत्तिकै छन् ।

तर, विदेशी समीक्षकहरुले भने यो चलचित्र अपेक्षा गरिएजस्तो नभएको बताएका छन् । समीक्षकहरुका लागि आयोजना गरिएको विशेष शो हेरेका अन्तर्राष्ट्रिय समीक्षकहरुले चलचित्रलाई औषत भनेका छन् ।

समीक्षकहरुका अनुसार चलचित्रको ग्राफिक्स र केही कलाकारको अभियन पक्ष ज्यादै कमजोर छ । चलचित्रमा कुनै नयाँपन नभएको पनि समीक्षकहरुको भनाइ छ ।

समीक्षकहरुका अनुसार चलचित्र ठ्याक्कै पुरानो चलचित्र (बाहुबली) जस्तै छ । ब्लकबस्टर बनाउनका लागि केही नयाँ चिज चाहिन्छ भन्ने मान्यता पनि भएको समीक्षकहरुको भनाइ छ ।

समीक्षकहरुले चलचित्रको सबैभन्दा राम्रो पक्ष राजामौलीको निर्देशन र प्रभासको अभिनयलाई लिएका छन् । चलचित्रमा ‘भल्लाल देव’को भूमिका निर्वाह गरेका राणा दग्गुबातीको अभियनले भने विदेशी समीक्षकहरुलाई प्रभावित गर्न सकेन ।

राणाको अभिनयलाई उनीहरुले ‘झुर’ भनेका छन् । चलचित्रको फ्लासब्याक पनि कन्फ्युज बनाउने खालेको रहेको समीक्षकहरुको भनाइ छ ।

यद्यपी समीक्षकहरुले चलचित्र हेर्न मजा आउने बताएका छन् । चलचित्रका केही सिन र फाइट शानदार छन् । दर्शकको ध्यान नै रोकिदिने कला निर्देशन छ । समीक्षकहरुका अनुसार चलचित्रमा केही विशेष नभए पनि राजामौलीको निर्देशनले यसलाई निकै विशेष बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्