१० साउन २०८३, आइतबार

संविधान संशोधन असफल पार्न नयाँ रणनीति बनाउँदै एमाले, पुरानो मोर्चाबन्दी ब्युँताइने

कात्तिक २०, २०७४
संविधान संशोधन असफल पार्न नयाँ रणनीति बनाउँदै एमाले, पुरानो मोर्चाबन्दी ब्युँताइने

काठमाडौं, १४ वैशाख– व्यवस्थापिका संसदको प्रक्रियामा अघि बढेको संविधान संशोधनलाई असफल पार्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नयाँ रणनीति बनाउने भएको छ ।

एमालेले संविधान संशोधन प्रस्तावलाई असफल बनाउन विपक्षी सना दलहरुसँग पुनः मोर्चाबन्दी गर्ने भएको छ । एमालेले संशोधन असफल पार्ने रणनीति बनाउन आज (बिहीबार) दिउँसो साना ९ दललाई पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको छ ।

यसअघि सरकारले पहिलो संशोधन दर्ता गर्दा पनि एमालेले सरकारको विपक्षमा रहेका ९ दलसँग मोर्चाबन्दी कसेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा ३ प्रतिशत थ्रेसहोल्ड राख्ने विषयमा एमाले सहमत भएपछि उक्त मोर्चाबन्दी तोडिएको थियो । त्यतिबेला एमालेसँगको मोर्चाबन्दीमा रहेका साना दलहरुले एमालेबाट ‘धोका’ पाएको बताएका थिए ।

त्यतिबेलाको ९ दलीय गठवन्धनको एक घटक शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरमसँग विलय भइसकेको छ । यस्तै सांसद सीमाकुमारी विक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा गइसकेकी छन् ।

बुधबार मध्याह्नको बैठकका लागि एमाले अध्यक्ष ओलीले नै टेलिफोन गरेर विपक्षी साना दलका अध्यक्षहरुलाई बैठकमा बोलाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्