१३ असार २०८३, शनिबार

बैद्य माओवादी चूनावी मैदानमा, गोरखाका लागि छान्यो यस्ता उम्मेदवार

कात्तिक २०, २०७४
बैद्य माओवादी चूनावी मैदानमा, गोरखाका लागि छान्यो यस्ता उम्मेदवार

गोरखा, १४ वैशाख– मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आसन्न स्थानीय तह चुनावका लागि गोरखामा उम्मेदवार सिफारिस गरेको छ ।

चुनावमा लड्न क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालमार्फत उम्मेदवार उठाउन लागेको हो ।

माओवादीले आसान्न चुनावमा लागि गोरखामा उम्मेदवार सिफारिस गरेको हो ।

वैद्य माओवादीले गोरखा नगरपालिकाको प्रमुखमा अमृत राना, पालुङटार नपाको प्रमुखमा भूमिनारायण मल्ल, अजिरकोट गाउँपालिकाको प्रमुखमा तेजबहादुर गुरुङ, सिरानचोक गाउँपालिका प्रमुखमा छविलाल घले, गण्डकी गाउँपालिका प्रमुखमा राम नेपाली, पालुङटार नपा–६ वडा प्रमुखमा रमेश क्षेत्री, सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट वडा प्रमुखमा हरिबहादुर गुरुङलाई उम्मेदवार बनाउने गरी केन्द्रमा सिफारिस गरिएको पाटीका नेता नारायण अधिकारीले जानकारी दिए ।

दुई नगरपालिका, नौ गाउँपालिका र ९४ वडा रहेको गोरखामा उक्त पार्टीले अन्यत्र भने उम्मेदवार बनाएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्