०८ साउन २०८३, शुक्रबार

स्थानीय चुनावका लागि १६ दलले चुनाव चिह्न पाए

कात्तिक २०, २०७४
स्थानीय चुनावका लागि १६ दलले चुनाव चिह्न पाए

दाङ, १४ वैशाख– आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ दर्ता भएका २७ दलमध्ये १६ दलले चुनाव चिह्न पाएका छन् ।

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता भएका २७ दलमध्ये १६ वटाले मात्रै चुनाव चिह्न पाएका हुन् । चुनाव चिह्न पाउने दलमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, सङ्घीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहट र सद्भावना पार्टी रहेका छन् ।

त्यस्तै नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय मधेस समाजवादी पार्टी, जनजागरण पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, तराई मधेस सद्भावना पार्टी र थरूहट तराई पार्टी नेपालले चुनाव चिह्न पाएको निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए । अन्य दलले चुनाव चिह्न नपाए पनि आयोगले स्वतन्त्र रुपमा लड्न पाउने र सोही अनुसारको चुनाव चिह्न दिने व्यवस्था गरिएको छ ।

त्यसैगरी, सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेपछि दाङमा निर्वाचनका कार्यक्रम २४ दिनका लागि स्थगित गरिएको छ । प्रदेश नं ५ मा दाङ पर्ने हुँदा यहाँ जेठ ३१ मा निर्वाचन हुने भएकाले हाललाई निर्वाचनको कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

यसअघि यहाँ पनि वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भनिएको हुँदा त्यहीअनुरुप तयारी गरिएको थियो । दुई चरणमा निर्वाचन गर्ने दलीय सहमतिअनुसार प्रदेश नं ५ मा दोस्रो चरणमा निर्वाचन हुने भएपछि निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचनका कार्यक्रम स्थगन भएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्