०४ असार २०८३, बिहीबार

तस्वीरमा हेर्नुस्, सैन्य तागक देखाउँदै चीनको युद्धपोत

कात्तिक २०, २०७४
तस्वीरमा हेर्नुस्, सैन्य तागक देखाउँदै चीनको युद्धपोत
चीनले आफ्नो बढ्दो सैन्य तागकलाई प्रदर्शन गर्दै एक नयाँ युद्धपोत सार्वजनिक गरेको छ । लियाउनिनपछि चीनको यो दोस्रो युद्धपोत हो ।

यो चीनमा बनेको पहिलो युद्धपोतसमेत हो । चीनको सरकारी सञ्चारमाध्यमका अनुसार उत्त पूर्वी डालयनको तटमा यस पोतलाई उतारिएको हो ।
समाचारहरुका अनुसार २०२० मा यसको परिचालन शुरु गरिनेछ । दक्षिणी चीन सागरमा उत्तर कोरिया तथा अमेरिकामा बढिरहेको तावका बीच चीनले यो कदम उठाएको हो । लियाउनिन चीनको एकमात्र सक्रिय युद्धपोत हो ।

यसलाई युक्रेनसँग किनिएिको थियो र चीनले आफ्नो आवश्यकता अनुसार बनाएको थियो ।

कोरियाई प्रायद्वीपमा ओरिकाले युद्धपोत तथा एक पान्डुवी पठाएको थियो । अमेरिकाको यो कदम उत्तर कोरियासँग बढिरहेको बिबादका बीच उठाइएको हो । यस बीच चीनले दुई पक्षलाई शान्ति कायम राख्न आग्रह गेरेको छ ।
चीनको यो युद्धपोत केहीका लागि भने चिन्ताको विषय बनेको छ । पश्चिमका सैनिकले अब चीनको यो युद्धपोतलाई विशेष निगरानी गर्नेछन् ।
अमेरिकाको नेवी जुन १० युद्धपोतको प्रयोग गरिरहको छ त्यो भन्दा यो कमजोर मानिएको छ । तर यस मामलामा चीनको एक ठूलो उपलव्धि भएको बीबीसीले जनाएको छ ।
चीनको यसद्धपोत कार्यक्रम केही गोप्य मानिन्छ । तर चीन यी दुइ युद्धपोतमा सन्तुष्ट छ भन्ने विश्वास गर्न नसकिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्