१५ असार २०८३, सोमबार

बिनोद खन्ना जसको मृत्युको हल्ला धेरैचल्यो तर मृत्युसँग जुधिरहे

कात्तिक २०, २०७४
बिनोद खन्ना जसको मृत्युको हल्ला धेरैचल्यो तर मृत्युसँग जुधिरहे

मुम्बई, १४ चैत्र– भारतीय अभिनेता विनोद खन्नाको ७० बर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट ग्रसित खन्ना लामोसमयदेखि विरामी थिए ।

मुम्बईको गिरगांवस्थित एचएन रिलायन्स फाउन्डेशन एण्ड रिसर्च सेन्टरमा उपचाररत थिए । उनी पूर्व सांसद पनि हुन् ।

विनोद खन्ना अस्पतालमा हुँदाको तस्वीर सामाजिक सञ्जालमा फैलिएपछि उनको मृत्युको हल्ला सबैतिर भाइरल भएको थियो । उनको मृत्यु भएको ठानेर बीजेपीका नेताले मेघालयमा भएको कार्यक्रममा शोकसभा समेत गरेका थिए ।

पछि उनले खन्नाको मृत्यु भएको झुठो थाहापाएपछि माफी मागेका थिए र खन्नाको स्वास्थ्यको समेत कामना गरेका थिए ।

खन्नाको निधन भएको भन्दै धेरैले मोबाइलमा मेसेज समेत गर्न भ्याएका थिए ।  

उनको निधन भएको ठानेर मेघालय बीजेपी नेताले २ मिनेटको शोक समेत मनाएका थिए ।

मेघालय बीजेपीका नेता डेविड खरसातीले सामाजिक सञ्जालमा खन्नाको मृत्युको हल्लाका कारण दुई मिनेट शोक मनाएकोप्रति खेद जनाएका थिए । र,साथै उनले उनको लामो आयुको कामना समेत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्