कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
बिरुवाको जरा जमिनमुनि हुन्छ, तर देखिँदैन । त्यो नदेखिने जरा भनेको मानव जीवनमा मन हो । जरा बलियो भयो भने काण्ड बलियो हुन्छ । काण्ड भनेको भौतिक शरीर हो, अर्थात् मन बलियो भयो भने शरीर बलियो हुन्छ । जरा र काण्ड बलिया भएमा हाँगा बलिया हुन्छन् । हाँगा भनेको कर्म हो । जसको मानसिक स्वास्थ्य राम्रो हुन्छ, उसको शारीरिक स्वास्थ्य पनि राम्रो हुन्छ । जब शारीरिक स्वास्थ्य राम्रो हुन्छ, उसको सामाजिक स्वास्थ्य राम्रो हुन्छ । समाजमा उसले विभिन्न क्रियाकलाप गर्न सक्दछ । पात, फूल र फल उत्पादन हुन् । जब मान्छेको सामाजिक स्वास्थ्य राम्रो हुन्छ, उसले एक्लै वा समूहमा मिलेर उत्पादनशील काम गर्न सक्दछ । त्यो काममा फूलको जस्तै सुवास हुन्छ, फल जस्तै मीठो स्वाद हुन्छ अनि बियाँजस्तै भविष्यका लागि संग्रह हुन्छ ।
अहिले विश्वमा कोरोना संक्रमणको कारण ठूलो क्षति भएको छ । धेरै उद्योग डुबेका छन्, व्यवसाय डुबेका छन्, रोजगारी गुमेको छ, क्यारियर डुबेको छ, कमाइ डुबेको छ । यो केबल मेरो, हाम्रो वा तपाईंको मात्र डुबेको छैन । अहिलेको अवस्थामा सबैभन्दा ठूलो कुरा बाँच्नु हो । अहिले बाँच्यौं, बचायौं भने यो रात्रि ढलेपछि हामी सबैले मेहेनत गर्नेछौं, आफ्नो क्यारियर, व्यवसाय, व्यापार, पेशा, कमाई सबै प्राप्त गर्नेछौं ।
यो संकटपछिका हाम्रा काम पहिलेभन्दा निकै परिष्कृत हुनेछन्, योजनाबद्ध हुनेछन् अनि थप मानवीय हुनेछन् । भौतिक सम्पन्नता मात्र विकास होइन रहेछ भन्ने हामीले पाठ सिकेका छौं । यदि भौतिक विकास सर्वस्व हुन्थ्यो भने अहिले विकसित देशको यो कारुणिक हालत हुने थिएन, धनी र शक्तिशाली मान्छे घरभित्र कैद हुनुपर्ने थिएन तथा उच्च पदका मान्छे यति निरीह हुनुपर्ने थिएन ।
अबको विकास भनेको भौतिक विकाससहित मानसिक र सामाजिक विकास हुनेछ । पैसाका लागि मान्छेले भोक बेच्ने छैन, निद्रा बेच्ने छैन, प्यास बेच्ने छैन अनि सुखको लिलाम गर्ने छैन । जीवनको क्षणभंगुरता सिकाएको यो कोरोना महामारीले हामीलाई मुख छोपेर हिँड्ने बनाएको छ, मान्छेसँग तर्केर हिँड्ने बनाएको छ, अनि आफ्ना हातलाई धोइरहने बनाएको छ । अनुभव, अनुभूति र क्रियाकलाप अस्वस्थ भएपछि मुख छोप्नु, मान्छेसँग डराउनु तथा हात धोइरहनु पर्छ नै ।
कोरोना शासनको अवधिमा विश्वका अर्बौं मान्छेको मन भत्किएको छ । राजनीतिकर्मीदेखि चिकित्सक, नर्स, व्यवसायी, सुरक्षाकर्मी, संक्रमित व्यक्ति, स्वस्थ्य व्यक्ति तथा सानोठूलो जीविका गुमेका धेरै व्यक्तिले आत्महत्या गरेका छन् । विश्वमा करोडौं मान्छेहरू मानसिक चिन्ता तथा डिप्रेसनको शिकार भएका छन् । आत्महत्याको प्रमुख कारण नै डिप्रेसन हो ।
आत्महत्या समस्याको शुरूवात हो, समाधान हैन । यसले परिवार तथा समाजलाई दिने पीडा अकल्पनीय हुन्छ । कोरोना जस्तो ३% मात्र मृत्युदर भएको रोगसँग हामी यतिविधि डराउनु जरुरी छैन । विश्वमा अन्य दर्जनौं रोग तथा अवस्था छन् जसको कारण मृत्यु हुनेको संख्या कोरोना संक्रमणको भन्दा धेरै छ । यो वैश्विक महामारी भएकाले तथा मिडियामा ठूलो स्थान पाएकोले हामीमा डर आयात भएको हो । आयातित डरसँग तर्सिनु भनेको आत्मबल कमजोर हुनु हो । कमजोर आत्मबल मानसिक समस्याको जरो हो । त्यसो त डर भनेको हुँदै नभएको कुरामा आत्तिने मनोविज्ञान हो, किनकी डर वर्तमानमा हुँदैन । यो भविष्यकालसँग जोडिएको हुन्छ ।
भोलि कोरोना लाग्छ कि ? मरिन्छ कि ? भोलि कमाइ हुन्न कि ? खान नपाएर मरिन्छ कि ? व्यवसाय चल्दैन कि ? यी डर केबल अनुमान हुन् । आउँदै नआएको डरसँग डराउनुभन्दा भोलिका लागि योजना बनाउनु राम्रो हुन्छ । कुनै पनि व्यक्ति त्यही पेशाका लागि जन्मेको हुँदैन । हामी सबै आफ्नो पेशा परिवर्तन गर्न स्वतन्त्र छौं । भोलि रेस्टुरेन्ट चलेन भने हामीले जग्गा लिजमा लिएर अर्ग्यानिक खेती गर्न सक्छौं । ट्राभल एजेन्सी चलेन भने अनलाइन व्यापार गर्न सक्छौं । एजुकेसन कन्सल्टेन्सी चलेन भने भर्चुअल क्लासको नयाँ मोडेल शुरू गर्न सक्छौं । म्यानपावर चलेन भने ट्रक भाडामा लिएर गाउँको उत्पादन किनेर बजारमा बेच्न सक्छौं । आवश्यकता नै आविष्कारको जननी हो । हजार विकल्प जब अस्ताउँछन्, लाखौं विकल्पको जन्म हुन्छ ।
स्पेनिश फ्लु महामारीको समयमा ६० लाख व्यक्तिको मृत्यु डर र चिन्ताको कारण भएको थियो । यदि मन दह्रो गरेर महामारीको सामना गरेको भए उनीहरूको मृत्यु हुने थिएन । हरेक महामारी तथा प्राकृतिक विपत्तिमा आत्महत्या गर्नेको संख्या बढेको हुन्छ । जब व्यक्तिले विकल्प देख्दैन, उसले आत्महत्याको बाटो रोज्दछ । हरेक अवस्थामा विकल्प उत्पादन गर्नु, विकल्पको योजना बनाउनु तथा आगतका लागि आफू तयार हुनुजस्ता बानीको विकास गर्ने हो भने चिन्ता, तनाब, डिप्रेसन तथा आत्महत्याको निर्णयमा पुग्नु पर्दैन ।
निश्चय पनि यो २-३ वर्ष पहिलेभन्दा कठीन हुनेछ । भनिएको छ, भ्रष्ट राजनीतिज्ञ, भ्रष्ट कर्मचारी तथा कालोबजारी बाहेक कसैले पनि आगामी २-३ वर्ष कमाउन सक्ने छैनन् । विश्वप्रख्यात कम्पनी अलिबाबाका मालिक ज्याक माले भनेका छन्– यो २ वर्ष संसारमा कसैको पनि कमाइ हुनेछैन । यो २ वर्ष हामीहरू मानवताले ओतप्रोत भएर काम गर्नु जरुरी छ । यो महामारीमा दु:ख गरेर जीवन धान्नेहरू स्वस्थ र समानित जीवन बाँच्नेछन् भने भ्रष्ट्राचारी तथा कालोबजारी चिन्ता, डर, असुरक्षाबोध, शंका तथा डिप्रेसनको शिकार हुनेछन् । प्रकृतिले यो प्रकारको सन्तुलन सधैँ मिलाएको पाइन्छ ।
नेपालजस्तो विविधताले युक्त देशमा विकल्पका धेरै मुहान छन् । खर्च धान्ने अवस्था भएन भने शहरमा नै बस्नुपर्छ भन्ने छैन । गाउँमा गएर खेतीपाती तथा पशुपालन गरेर आनन्दको जीवन बिताउन सकिन्छ । हिमाली फलफूल तथा अनाज शहरमा र शहरका बिकाउ सामान हिमाली प्रदेशमा पुर्याएर मनग्गे आम्दानी गर्न सकिन्छ । गाउँका तरकारी, फलफूल, दुध, घ्यु, मह, खसी, कुखुरा, अण्डा आदिलाई बजारीकरण गर्न सकिन्छ । गाउँमा जडिबुटी, चिया, कफी, मरमसला उत्पादन गरेर शहरमा पुर्याउन सकिन्छ । कृषि एम्बुलेन्स चलाउन सकिन्छ । तराईको चामल, दाल, तेल, आँप, नरिबल आदिलाई पहाडमा बेच्न सकिन्छ भने पहाडका सुन्तला, कागती, स्याउ आदिलाई तराइमा लगेर बेच्न सकिन्छ । आधुनिक खेतीका बिउ, प्रविधि तथा रासायनिक मलको व्यापार निकै राम्रो छ । कृषि तथा भेटेरिनरी सामग्रीको तराईमा उच्च माग छ ।
देश आत्मनिर्भरको बाटोमा अग्रसर हुनुपर्दछ । यसका लागि विदेशमा सिकेका सीप, ज्ञान तथा अनुभव आफ्नो राष्ट्रको लागि उपयोग गरेमा व्यक्ति तथा समाज लाभान्वित हुन्छ । यो कोरोनाको महामारीले मास्क, स्यानिटाइजर, पीपीई, टिस्यु पेपर हामी आफैंले बनाउन सक्ने रहेछौं भन्ने प्रमाण दिएको छ । भोलिका दिनमा हुने हरेक अभावलाई यसै गरेर भावमा बदल्न सकिन्छ । यसका लागि दह्रो आत्मविश्वास, समर्पण तथा मेहेनतको आवश्यकता पर्दछ ।
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...