काठमाडौं, १४ बैशाख - छानेर राम्रा मात्र चलचित्रमा अभिनय गर्ने नायकको रुपमा आफ्नो छाप बनाएका युवा नायक अनमोल केसीको चलचित्र ‘कृ’ फ्लोरमा गएको छ ।

अनमोल केसीसँगै नायिका अदिती बुढाथोकीको समेत अभिनय रहने चलचित्र ‘कृ’ लामो समयसम्मको कार्यशालापछि फ्लोरमा जान लागेको हो ।
सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको चलचित्रमा भुवन केसी र सुवास गिरीको संयुक्त लगानी छ ।
लामो समयको कार्यशालापश्चात फ्लोरमा गएको चलचित्रलाई पुरुषोत्तम प्रधानले क्यामेरामा कैद गर्दैछन् ।