०८ असार २०८३, सोमबार

सरकारलाई ग्लोबल आइएमई बैंकको २५ लाख सहयोग

सरकारलाई ग्लोबल आइएमई बैंकको २५ लाख सहयोग

ग्लोबल आइएमई बैंकले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको अभियानमा प्रदेश ५ सरकारलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ। 

बुधबार एक कार्यक्रमकाबीच बैंकको प्रदेश ५ का नायव प्रदेश प्रमुख दिलीप डाँगीले प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।  

मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसविरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण रहने उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए। 

कोरोनाले विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाइरसविरुद्व लड्न थप सहयोग हुने विश्वास बैंकले लिएको विज्ञप्तिमा जनाइएको छ।     
 

salt training

कमेन्ट गर्नुहोस्