०१ असार २०८३, सोमबार

भोलिदेखि लकडाउन उल्लंघन गर्ने व्यवसायीको घोषणा, पसल खुल्ने

भोलिदेखि लकडाउन उल्लंघन गर्ने व्यवसायीको घोषणा, पसल खुल्ने

नेपालमा लकडाउन लागू भएको अढाइ महिना पुग्दा पनि अनिश्चितजस्तै बनेपछि व्यवसायीहरुले उल्लंघन गर्ने घोषणा गरेका छन्। नेपालमा ११ चैतदेखि लागू भएको लकडाउन पछिल्लो पटक ३२ जेठसम्म कायम गरिएको छ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहीबारदेखि बिहान ११ बजेसम्म सबै प्रकारका पसल खोल्ने निर्णय गरेका हुन्। 

बुधबार बसेको महासंघको बैठकले यस्तो निर्णय गरेको हो। 

जारी प्रेस विज्ञप्तिमा उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्र खोलिने उल्लेख छ। यी बाहेक उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बजार खुल्ने महासंघले जनाएको छ।

 

salt training

कमेन्ट गर्नुहोस्