२० असार २०८३, शनिबार

मुख्य दुई नाकाबाट तीन हजार ५६७ भित्रिए, एक हजार ५० बाहिरिए

जेठ २२, २०७७
मुख्य दुई नाकाबाट तीन हजार ५६७ भित्रिए, एक हजार ५० बाहिरिए
फाइल तस्वीर

कामका लागि भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई अलपत्र परेका नेपाली तथा भारतीयलाई आफ्नो देश जानआउन सहजताका लागि खुल्ला गरिएका सुदूरपश्चिमका मुख्य दुई नाकाबाट बुधबार तीन हजार ५६७ जना नेपाली नागरिक नेपाल भित्रिएका छन् । एक हजार बढी भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् ।

सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका प्रहरी निरीक्षक जगदीश सिंह डाँगीका अनुसार मङ्गलबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक हजार ५७६ नेपाली भित्रिएका छन् भने ३७९ भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् ।

त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट दुइ हजार १५९ नेपाली भित्रिएका छन् भने ६७१ भारतीय बाहिरिएका छन् । भारतबाट नेपाली आउने क्रम मङ्गलबार केही कम भए पनि भारत जानेको सङ्ख्या भने बढेको छ । योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब ७५ हजार पुगेकोछ भने बाहिरिनेको सङ्ख्या दश हजार बढी पुगेको छ ।

सीमा प्रवेश गरेका नेपालीलाई विभिन्न जिल्लाका स्थानीय तहले सीमामै गाडी व्यवस्था गरी उद्धार गरी क्वारेन्टाइनमा राखेका छन् । भारतबाट दैनिक मानिस थपिँदै गएपछि स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको बताएका छन् ।

गौरीगङ्गा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले क्वारेन्टाइन व्यवस्थापन को समस्यासँगै कोरोना सङ्क्रमित दैनिक देखिन थालेपछि आइसोलेसन व्यवस्थापनमा समेत समस्या आएको बताउनुभयो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा ५० हजारभन्दा बढी मानिस रहेको जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्