१९ असार २०८३, शुक्रबार

उत्तर कोरियाले थर्काएपछि दक्षिण कोरियाले सीमामा विरोधका गतिविधि रोक्ने

जेठ २२, २०७७
उत्तर कोरियाले थर्काएपछि दक्षिण कोरियाले सीमामा विरोधका गतिविधि रोक्ने

दक्षिण कोरियाले उत्तरसँगको सीमामा प्योङयाङविरोधी पर्चाहरू उडाउनबाट अभियन्ताहरूलाई रोक्नका लागि नयाँ कानून तर्जुमा गर्ने बिहीवार बताएको छ । सीमाक्षेत्रमा भइरहेका विरोध रोक्न सौल विफल भएमा सन् २०१८ मा गरिएको अन्तर्कोरियाली सैन्य सम्झौतालाई अन्त्य गर्ने धम्की उत्तरले दिएपछि दक्षिणले यस्तो कदम चालेको हो । 

दक्षिण कोरियाले सुस्त बन्दै गएको कूटनीतिलाई जीवितै राख्ने गरेको प्रयासले त्यहाँ अभिव्यक्ति स्वतन्त्रताको विषयमा बहस जन्माउने निश्चित देखिन्छ । 

दक्षिण कोरियाबाट सीमापारि बलूनमा प्योङयाङविरोधी कुरा राखेर फाल्ने कार्यक्रम अभियन्ताहरूले लामो समयदेखि गर्दै आएका छन् । तर उत्तर कोरियाले यसलाई आफ्नो सरकारमाथिको आक्रमणका रूपमा लिने गरेको छ ।्

उत्तर कोरियाबाट भागेर आएका मानिस तथा अन्य अभियन्ताले हालैका हप्ताहरूमा उत्तरका नेता किम जोङको आणविक महत्त्वाकांक्षा र मानवअधिकारको खराब रेकर्डका विषयमा आलोचना गर्दै लेखेका पर्चाहरू बलूनमा राखेर उडाएका थिए । 

किमकी बहिनी यो जोङले बलून उडाउनेहरूलाई आफ्नो देश छोडेर दक्षिणतिर भागेका तल्लो स्तरका मानिस र भुस्याहा कुकुर नाम दिएर आलोचना गरेको बयान त्यहाँको सरकारी सञ्चारमाध्यमले प्रसारण गरेको छ । ती भगुवाहरूलाई पाल्ने पनि जवाफदेही हुने भन्दै उनले सौलमा रहेको सरकारको पनि आलोचना गरिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्