०८ साउन २०८३, शुक्रबार

यस्तो छ एमालेको चुनावी गीत, ‘सही पनि एमाले, मै पनि एमाले’

कात्तिक २०, २०७४
यस्तो छ एमालेको चुनावी गीत, ‘सही पनि एमाले, मै पनि एमाले’
काठमाडौं, १४ वैशाख– आसन्न स्थानीय निर्वाचनका लागि नेकपा एमाले ले आज (बिहीबार) आफ्नो चुनावी प्रचार गीत सार्वजनिक गरेको छ ।

एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वटा चुनावी गीति एल्बम सार्वजनिक गरेका हुन् ।

पुरुषोत्तम न्यौपाने, बद्री पङ्गेनी, राजु परियार, एकनारायण भण्डारी, वैकुण्ठ महत, राजा राजेन्द्र, महेश खड्का, रमेश थापा, अमृत खाती, अशोक राईलगायतका कलाकारले ती गीत गाएका छन् ।

‘सही पनि एमाले, मै पनि एमाले.., ‘भोट केमा सूर्यमा...’, ‘आफ्नो गाउँ, आफैँ अब बनाउनलाई उठौँ...’ जस्ता बोलका गीत कार्यक्रममा प्रस्तुत भएका थिए ।

प्रवासी नेपाली मञ्च, ओमन र क्यानाडाले तयार गरेको अलगअलग गीति एल्बम पनि पार्टीका अध्यक्षलाई हस्तान्तरण गरियो । कार्यक्रममा अध्यक्ष ओलीले कलाकारलाई सम्मान गरेका थिए ।


salt training

कमेन्ट गर्नुहोस्