
वी विलीन
हरेक तानाबाना हरू बटारिन्छ्न् मेरा
अभक्ष बोलीहरु बुझ्दैन कोहि,
ओठ च्यातिएन टोलाएको आँखाले,
हाँस्छ मेरै भगवान मेरा हर्कतहरूमा
आवाज बिनाको म आवाजको पछि दौडिएजब घिस्रीदै थिए,
संसार जिते मैले
मेरा पैताला मेरै अधिन थिए
निसन्देह चल्छन अरुका पदचापहरूप्याट-प्याट आवाज लिएर
पैतालाले टेरेनन् मेरा चिचिला ओठहरुको गाथगादी
यात्रा बिनाको म बाटोको पछि दौडिएजब उभिदै थिए,
मेरो भएन मैले तिरो तिरेको बाटोहरू,
सुन्दरताको छेउ बाट मोडिन्छ त्यो पाँग्रा अचेल
को कहाँ अल्झिन्छ र मदन अडियोस यो यात्रामा
कोलाहल बीच सुसेल्छिन् मुनाहरु
दिशाहीन यात्री म पछ्यौरिको पछि झुण्डिएजब दगुर्दै थिए
स्खलित भए म अध्यारा रातहरू सँगै
उड्न थाले थकित दृष्टि देखेर
स्पर्श बिनाको रुखो अभिशप्त यो आकाश
पखेटा झरेपछिमैले सम्झिए पछ्यौरीहरू।
थकित यात्री म फेरी आवाज को पछि दौडिए जब जिन्दगी सम्हाल्दै थिए
पिउनै बाँकी थियो धित मरुन्जेल
एक कप चिया मेरो जिन्दगी सित
कहाँ म अल्झीए अनि कहाँ पर्खीबस्यो उ मलाइ
मेरा क्रियाहरुमा उनीहरुले पूर्णबिराम लगाए
म उसलाई र उ मलाइ खोज्दै थियो जब म अन्तिम सास फेर्दै थिए
Twitter: @bbileen