१६ असार २०८३, मंगलबार

अनिश्चिततामा नेतृत्वकाे भूमिका कस्ताे? रविशंकरले भोलि नेपाली व्यक्तित्वसँग संवाद गर्ने

अनिश्चिततामा नेतृत्वकाे भूमिका कस्ताे? रविशंकरले भोलि नेपाली व्यक्तित्वसँग संवाद गर्ने

द आर्ट अफ लिभिङका संस्थापक तथा अध्यात्मिक गुरु श्रीश्री रविशंकरले शुक्रबार नेपालका विशिष्ठ व्यक्तिहरुसँग भर्चुअल संवाद गर्ने भएका छन्।

बुधबार नेपाली राजनीतिक दलका नेताहरुसँग 'महामारी संकट व्यवस्थापनमा अध्यात्मकाे भूमिका' शीर्षकमा संवाद गरेका रविशंकरले शुक्रबार साँझ ६:४५ बजे 'अनिश्चित समयमा प्रेरणादायक नेतृत्वकाे भूमिका' विषयमा अन्तर्क्रिया गर्न लागेका हुन्।

आयाेजक द आर्ट अफ लिभिङ नेपालका अनुसार संकटकाे समयमा नेतृत्वले कसरी फरक र अभिन्न  नेतृत्व दृष्टिकोण राखेर प्रेरित गर्न सक्छ र यस्तो विषम् परिस्थितिलाई सामना गर्न अभिप्रेरित गर्न सक्छन्? भन्ने प्रश्नमा संवादले निस्कर्ष निकाल्नेछ।

संवादमा रविशंकरसँग बुद्ध भिक्षुणी आनी छाेइङ डाेल्मा, संयुक्त राष्ट्रसंघीय समिति (सीड) की उपाध्यक्ष  बन्दना राणा, संयुक्त राष्ट्रसंघका पूर्वसहायक सचिव कुलचन्द्र गौतम,नेपाल विद्युत प्राधिकरणका सीइओ कुलमान घिसिङ, पूर्वराजदूत डा. शंकरप्रसाद शर्मा, सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारश खड्का, सीजी ग्रुप ग्लाेबलका महाप्रबन्धक निर्वाण चौधरी संवाद गर्नेछन्। उक्त सत्रकाे सहजीकरण द आर्ट अफ लिभिङ कर्पाेरेट प्रशिक्षक नीभा माथेमा प्रधानले गर्ने आयाेजकले जनाएकाे छ।

द आर्ट अफ लिभिङ नेपालका मिडिया संयाेजक गाैरभ कँडेलका अनुसार  संवादकाे सामाजिक सञ्जालबाट लाइभ गरिनेछ, ताकि दर्शक/श्राेताले पनि संवाद हेर्न र सुन्न पाउन।

यसअघि बुधबार मात्र रविशंकरसँग नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता डा. प्रकाशशरण महत, नेकपा नेता सुरेन्द्र पाण्डे, राजपाका नेता राजेन्द्र महताे, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेत्र चिकित्सक डा. सन्दुक रुइत, पूर्वआईजीपी सर्वेन्द्र खनालले संवाद गरेका थिए।

 द आर्ट अफ लिभिङले ४५ दिनदेखि विश्वका कयाैँ व्यक्तित्वहरुसँग संवाद गर्दै आएकाे छ। रविशंकरले दिनकाे दुई सत्र बिहान १२:१५ र साँझ ७:४५ हरेक संवादपछि ध्यान गराइरहेकाे विज्ञप्तिमा उल्लेख छ।

 

salt training

कमेन्ट गर्नुहोस्