
मन्त्रिपरिषद्को बिहीबारको बैठकमा कोरोना रोकथामका लागि अढाइ महिनादेखि जारी भएको लकडाउनमाथि छलफल भएको छ।
व्यवसायीहरुले बिहीबार बिहान काठमाडौँ उपत्यकासहित मुख्य सहरमा लकडाउनको उल्लंघन गर्दै पसल सञ्चालन गरेको र लकडाउनको नयाँ ढाचा तय गर्नुपर्ने माग बढिरहेकाे सन्दर्भमा बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक बसेकाे थियाे।
मन्त्रिपरिषद् बैठकले लकडाउन मोडालिटी चाँडो पेश कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए। सरकारले उक्त समितिलाई यसअघि नै मोडालिटी तय गर्न भनिसकेको थियो। माेडालिटी तय भएकाे खबर यसअघि नै सार्वजनिक भइसकेका छन्।
प्रम ओलीले बुधबार मात्र लकडाउनको मोडालिटी र आगामी दिशाबारे विज्ञहरुसँग छलफल गरेका थिए। पछिल्लो पटक थप गरिएको लकडाउन ३२ जेठमा सकिँदैछ।