१४ असार २०८३, आइतबार

बजेटमा विपक्षी सांसदको प्रश्न– सडकमा जहाज अवतरण र मोनोरेल चल्ने कहिले ?

बजेटमा विपक्षी सांसदको प्रश्न– सडकमा जहाज अवतरण र मोनोरेल चल्ने कहिले ?

सरकारले जनतालाई सपना मात्र बाँड्ने हावादारी कार्यक्रम बजेटमा ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले यसको कार्यान्वयनबारे प्रश्न गरेका छन् ।

जनता भोकभोकै मर्ने अवस्थामा समेत सरकारले रेल र पानीजहाजका हावादारी सपना बाँडिरहेको भन्दै उनीहरूले आपत्ति जनाए । 

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा बजेटमाथि खर्च कटौती प्रस्ताव राख्दै प्रतिपक्षी दलका सांसदहरूले सरकार गैरजिम्मेवार भएको आरोप लगाए । 

‘खाली राजमार्गमा जहाज अवतरण गराउने भनेर विगतको बजेटमा कुरा आएको थियो, धूलोरहित सडक भनेर सपना बाँडिएको थियो । रेल र पानीजहाज चलाउने कुरा पनि भयो, तर खोइ डीपीआर ? खोइ आर्थिक सर्वेक्षण ?’ भौतिक पूर्वाधार मन्त्रालयमाथि विनियोजित शीर्षकमा खर्च कटौतीको प्रस्ताव राख्दै गौतमले प्रश्न गरे, ‘कहिले आउँछ मोनोरेल ? कहिले आउँछ मेट्रो रेल र पानीजहाज ?’

सरकाले गत वर्षको बजेटमा आपतकालीन समयमा विमान समेत अवतरण गर्नसक्ने गरी पूर्वपश्चिम राजमार्गको केही सडक फराकिलो बनाउने निर्णय गरेको थियो । 

पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिको कुरा गरिएपनि गत वर्ष बुटवल नारायणगढ खण्डको ११ किमीबाहेक काम भएको नदेखिएको उल्लेख गरे । 

खेलकुद मन्त्रालय अन्तर्गत विनियोजित शीर्षकमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै कांग्रेस सांसद रंगमती शाहीले मन्त्रालयको बजेट खेलाडी उत्पादन गर्नेभन्दा कार्यकर्ता पालन–पोषणमा सिमित रहेको आरोप लगाइन् । 

‘जनतालाई घरभित्र थुनेर, जनताको चुलोमा आगो बलेको छैन । मर्थमन्त्री ३ पुस्तालाई पुग्ने कमाउमा लागेका छन्,’ उनले प्रश्न गरिन्, ‘पैसादेखि डराउने दिन आइसके । अर्थमन्त्री तीनपुस्ते कमाउन लाग्नुभएको छ, मानवता हराइसकेको हो ?’

विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमा शुक्रवारदेखि छलफल शुरू भएको हो । आज विभिन्न ७ वटा मन्त्रालयमाथिको छलफल हुँदैछ । 

शनिवार र आइतवार छलफल गरेपछि सोमवार मन्त्रीहरूले जवाफ दिएपछि २६ गते वियोजन विधेयक पेश गर्ने तयारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्