०१ असार २०८३, सोमबार

बाबुराम भट्टराईसँगको एकताबारे उपेन्द्र भन्छन्ः पार्टी एकता मकै, भटमास र गहुँ मिसाएजस्तो होइन

कात्तिक २०, २०७४
बाबुराम भट्टराईसँगको एकताबारे उपेन्द्र भन्छन्ः पार्टी एकता मकै, भटमास र गहुँ मिसाएजस्तो होइन
काठमाडौं, १४ बैशाख– बाबुराम भट्टराईको नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीचमा पार्टी एकता हुने चर्चा केही अघिदेखि चलेको भएपनि निर्वाचन अघि त्यो सम्भव नहुने तय भइसकेको छ ।

बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको फोरमले संयुक्त चुनाव चिह्न लिएर स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने बताइसकेका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीचको एकता बारे फोरम अध्यक्ष यादवले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले पार्टी एकता विचार र सिद्धान्त मिल्दा मात्र हुने भन्दै भने,‘विचार, सिद्धान्त मिल्यो भने पार्टी एकता हुन्छ, तर पार्टी एकता भनेको मकै, भटमास र गहुँ मिसाएजस्तो होईन नि ? विचार मिल्यो भने एकता हुन्छ।’

salt training

कमेन्ट गर्नुहोस्