१० साउन २०८३, आइतबार

भारत र चीनबीच सीमा विवादमा वार्ता सम्पन्न, सकारात्मक परिणाम आएको दाबी

जेठ २५, २०७७
भारत र चीनबीच सीमा विवादमा वार्ता सम्पन्न, सकारात्मक परिणाम आएको दाबी

भारत र चीनका वरिष्ठ सैन्य अधिकृतहरूले शनिवार वास्तविक नियन्त्रण रेखानजिक चुशुल–मोल्दोमा पहिलो चरणको वार्ता सम्पन्न गरेका छन् । 

लद्दाख क्षेत्रमा एक महिनादेखि चलिरहेको विवाद समाधान गर्नका लागि भएको वार्ता सकारात्मक दिशामा गएको सैन्य स्रोतहरूले जनाएको भारतीय दैनिक द टाइम्स अफ इन्डियाले लेखेको छ । 

दिनभरि चलेको वार्ताका विषयमा आधिकारिक वक्तव्य आइसकेको छैन । भारतीय पक्षको नेतृत्व लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले गरेका थिए भने चिनियाँ सेनाको नेतृत्व दक्षिण सिनजियाङ मिलटरी डिस्ट्रिक्ट कमान्डर मेजर जनरल लिउ लिनले गरेका थिए । 

पूर्वी लद्दाखमा सीमा यथास्थिति कायम रहने बताइएको छ । दुवै पक्षले विवादित क्षेत्रमा सैन्य र भारी हतियार तैनाथी घटाउने सहमति बनेको स्रोतहरूको भनाइ छ । विशेषगरी पांगोङ त्सो, गोग्रा–तातोपानी क्षेत्र र गलवान उपत्यकामा चरणबद्ध रूपमा सैनिक तथा हतियार संख्या घटाइने भएको छ । 

भारतीय पक्ष चिनियाँ भूमिमा गएर वार्ता गरेको थियो । बिहान ११ बजे उनीहरू चुशुल–मोल्दो बोर्डर पर्सनेल मीटिङ पोइन्ट पुगेका थिए । बीचमा दिवाभोजका लागि रोकिएको भए पनि बेलुकासम्म बैठक चलेको थियो । 

भारतीय पक्षले सीमा नजिक सडक बनाएकाले चिनियाँ पक्ष चिढिएको हो र विवाद उठेको हो ।

salt training

कमेन्ट गर्नुहोस्