
विश्वभर कोरोना भाइरस (कोभिड १९)बाट ७० लाख ८६ हजार ८ जना संक्रमित भएका छन् । यससँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ६ हजार १ सय ८ पुगेको छ ।
यस्तै ३४ लाख ५९ हजार ९ सय ७२ जना संक्रमित उपचारपछि निको भएको वर्ल्डोमिटरले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट हालसम्म ५३ हजार ७ सय ५२ जना गम्भीर अवस्थामा रहेका छन् । यो तथ्यांक कुल संक्रमितको २ प्रतिशत हो ।
यस्तै ३१ लाख ६६ हजार १ सय ७७ जना संक्रमितको अवस्था सामान्य रहेको छ । कुल तथ्यांकमा सामान्य अवस्था हुनेको संख्या ९८ प्रतिशत रहेको छ ।