१३ असार २०८३, शनिबार

अर्को वर्षमा नेपालको झण्डा फहराएको रेल चल्छ - मन्त्री नेम्वाङ

अर्को वर्षमा नेपालको झण्डा फहराएको रेल चल्छ - मन्त्री नेम्वाङ

साउनदेखि शुरु हुने नयाँ आर्थिक वर्षमा नेपालको झण्डा फहराएर  रेल सञ्चालन हुने विभागीय मन्त्रीले बताएका छन् । विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको सोमवार प्रतिनिधि सभामा जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले आगामी आर्थिक वर्षमा नेपालको झण्डासहितको रेल चल्ने बताएका हुन् ।

‘दुइवटा रेल खरिद गरेर निर्माण सम्पन्न भएको छ, आर्थिक वर्ष २०७७/०७८ मा नेपालको झण्डा फहराएर त्यो रेल जयनगर जनकपुरमा चल्नेछ,’ मन्त्री नेम्वाङले भने ।

केरुङ–काठमाडौं तथा रक्सौल–काठमाडौ रेल्वे संचालनका लागि दुवै छिमेकी मुलुकसँग छलफल र गृहकार्य चलिरहेको उनले बताए ।

मन्त्री नेम्वाङले पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाउन बजेट व्यबस्था गरिएको बताए । काठमाडौंको सवारी जाम कम गर्न अण्डरपास र फ्लाइ ओभर बनाइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्