
कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १ जनाको निधन भएको छ ।
स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
उनको मृत्यु भएसँगै हालसम्म १४ जनाको मृत्यु कोरोको कारणले मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमवार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३१४ जनामा संक्रमण देखिएको छ । तीमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन् ।
सोमवार देखिएका संक्रमितसँगै जम्मा संक्रमितको संख्या ३ हजार ७६२ जना रहेको छ । यसमा पुरुषको संख्या ३ हजार ५०६ र महिला २५६ रहेका छन् ।