०१ साउन २०८३, शुक्रबार

स्वास्थ्यमन्त्रीको दाबी- असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण

स्वास्थ्यमन्त्रीको दाबी- असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण
फाइल फोटो।

नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब परीक्षणलाई तीव्रता दिने बताएका छन्। 

सोमबार संघीय संसदमा सांसदहरुको प्रश्नकाे जवाफ दिँदै मन्त्री ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षण गरिने दाबी गरेका हुन्।

त्यसका लागि मेसिन खरिदको प्रक्रिया शुरु भएको उनले जनाए।

उनका अनुसार मेसिन खरिद गरेपछि विदेशबाट आउनेहरुको पीसीआर परीक्षण ठूलो मात्रामा गरिनेछ।

 नेपालमा ३ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेकोमा १४ जनाको मृत्यु  भइसकेको छ। संक्रमितमध्ये ४ सय ८८ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्