
काठमाडौं, ७ पुस पाकिस्तानको राजधानी इस्लामाबादको एक प्रशासनिक इकाइका अनुसार हिन्दू समुदायका मानिसका लागि धार्मिक अनुष्ठानको स्थानको लागि विशेष व्यवस्था गरिएको छ ।
इस्लामाबादका सहायक मेयर जीशान नकवीका अनुसार हिन्दू समुदायको लामो समयदेखिको माग सम्बोधन भएको छ । राजधानीमा हिन्दूहरुले केही जमिन उपलव्ध गराउन माग गर्दै आएका थिए ।
अन्तिम संस्कारकालागि मशानघाट बनाउन, साथै एक मन्दिर र सामुदायिक भवन बनाउने स्थानका लागि स्थान उपलव्ध गराइदिन पाकिस्तान सरकारसँग पाकिस्तानी हिन्दूहरुले माग गर्ने गरेका थिए ।
जीशान नकवीले हिन्दूलाई इस्लामाबादको सेक्टर एचमा एक फ्ल्याट दिइएको छ । र, हिन्दू समुदायको परामर्शबाट निर्माण कार्य हुने छ ।
नकवीका अनुसार अहिलेसम्म हिन्दू समुदायका मानिस अन्तिम संस्कार बौद्ध समुदायको मशानघाटको प्रयोग गर्दै आएका थिए । तर अव यो समस्याबाट हिन्दूहरु मुक्त भएका छन् ।