२३ असार २०८३, मंगलबार

संविधान संशोधन : शुरू भयो संसद बैठक

संविधान संशोधन : शुरू भयो संसद बैठक
फाइल फोटो

संविधान संशोधन विधेयक पारित गर्ने प्रयोजनको लागि प्रतिनिधि सभाको बैठक शुरू भएको छ । 

संसद भवन नयाँ बानेश्वरमा शुरू बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसअघि संसद बैठकमा विधेयकमाथि दफावार छलफल हुनेछ । 

संविधान संशोधन विधेयकको विरुद्धमा संशोधन प्रस्ताव दर्ता गराएकी समाजवादी पार्टीकी सांसद सरित गिरीले संशोधन फिर्ता लिने/नलिने संसद बैठकमा जानकारी गराउने छिन् । 

समाजवादी पार्टीले संशोधन फिर्ता लिन शनिवार पनि निर्देशन दिएको थियो । उनले संसदमा निर्णय सुनाउने बताएको सो पार्टीका एक सांसदले जानकारी दिए । 

सरकारले नेपालको नयाँ नक्सा जारी गरी संविधानको अनुसूचीमा रहेको निशान छाप अद्यावधिक गर्न संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो । संसदमा प्रतिनिधित्व गर्ने सबै दलले विधेयकको पक्षमा मतदान गर्ने बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्