०६ साउन २०८३, बुधबार

सरिता गिरीको संशोधन खारेज, बोल्न खोज्दा संसदमा होहल्ला

सरिता गिरीको संशोधन खारेज, बोल्न खोज्दा संसदमा होहल्ला

सभामुख अग्नि सापकोटाले समाजवादी पार्टीकी सांसद सरिगा गिरीको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएका छन् ।

कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक २०७७ माथि दफावार छलफल शुरू गरियोस् भनेर राखेको प्रस्ताव स्वीकृत भएपछि सभामुखले शुरूमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समाय दिए । 

त्यसपछि सरिता गिरी उठिन्, सभामुखले उनलाई संक्षेपमा राख्न भन्दै बोल्न समय दिए तर अन्य सांसदहरूले होहल्ला गरे । त्यसपछि सभामुख सापकोटाले ‘मैले तपाईंहरूको कुरा बुझें, रुलिङ गर्छु, सुन्नुस्’ भने ।

सभामुखले गिरीको संशोधन प्रतिनिधिसभा नियमावली विपरीत भएको भन्दै खारेज गरिदिए । त्यसपछि दफावार छलफलमा प्रचण्ड बोलिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्