१५ असार २०८३, सोमबार

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ – प्रचण्ड

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ – प्रचण्ड
फाइल तस्वीर

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिनलाई राजतन्त्रले गुमाएको भूमिलाई गणतन्त्रले फिर्ता लिने ऐतिहासिक दिन रहेको बताएका छन् ।

शनिवार संविधान संशोधनको कार्यसूचीका साथ बसेको प्रतिनिधि सभाको बैठकमा प्रचण्डले राष्ट्रिय जिम्मेवारीका साथ अघि बढ्ने नेपालीको परम्परा रहेको बताए ।

‘दोस्रो संविधान संशोधनको यो घडीमा आइपुगेका छौं,’ उनले भने, ‘देशको भौगोलिक अखण्डतासँग सम्बन्धित ऐतिहासिक विषय हो यो, राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं हामी ।’

उनले नेपालको भूमि समेटिएको नक्सा पारित गर्ने ऐतिहासिक गौरव सदनलाई प्राप्त रहेको बताए । ‘निर्णयमा सर्वसम्मति हुने विश्वास छ,’ उनले भने ।   

salt training

कमेन्ट गर्नुहोस्