०७ असार २०८३, आइतबार

सरकारविरुद्धमा भइरहेका प्रदर्शनमाथि प्रचण्डको आपत्ति

सरकारविरुद्धमा भइरहेका प्रदर्शनमाथि प्रचण्डको आपत्ति

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयता राजधानी लगायत देशका विभिन्न ठाउँहरूमा भएको सरकारविरोधी प्रदर्शनलाई ‘राजावादीहरूको प्रदर्शन’ भएको बताएका छन् ।

शनिवार प्रतिनिधिसभामा बोल्दै प्रचण्डले भने, ‘आउँदै गर्दा बाटोमा एकजना स्टाफ साथीले भन्नुभयो – कोही कोहीले भन्या छन् रे लौ पार्टीहरूले त देश बचाउन सक्ने भएनन्, फेरि सामन्तहरू नै आउनुपर्यो भनेर प्लेकार्ड बोक्या छन् अरे । भनेर सुनाउनुभयो मलाई ।’

उनले यस्तो प्रदर्शन गर्नेहरूलाई खबरदारी गरे । ‘मैले शुरुमै भनें राजतन्त्रले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउँदै छ खबरदार !’ उनले भने । उनले जनता कसैको भ्रमको पछि नलाग्ने बताए ।

उनले राष्ट्रिय मुद्दामा सबै एकजुट भएर विश्वलाई सन्देश दिएको बताए । नेपालमा राष्ट्रिय एकता हुनु भनेको भारतविरोधी कदम नभएको भन्दै प्रचण्डले भारतले नेपाल र नेपालीको भावनाको सम्मान गर्नुपर्नेसमेत बताए ।  

salt training

कमेन्ट गर्नुहोस्