२२ जेठ २०८३, शुक्रबार

फ्रान्समा राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध विद्यार्थीको प्रदर्शन

कात्तिक २०, २०७४
फ्रान्समा राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौं, १५ वैशाख — फ्रान्समा भएको राष्ट्रपति निर्वाचनमा मध्यमार्गी इम्मानुएल म्याक्रों र चरम दक्षिणपन्थी मरिन ले पेनविरुद्ध युवाहरूले बिहीवार गरेको प्रदर्शन हिंस्रक हुन पुगेको छ ।


हजारौं विद्यार्थी सडकमा आएर ले पेन र म्याक्रोंविरुद्ध नाराबाजी गरे ।

यही मौका छोपेर हूड लगाएका केही व्यक्तिले प्रहरीमाथि प्रोजेक्टाइल फ्याँके । प्रहरीले भीड हटाउन अश्रूग्यासका गोलाहरू फ्याँक्यो । नान्टेस, टुलू र रेना लगायतका ठाउँमा फासीवाद र पुँजीवादका विरुद्ध विरोध प्रदर्शन भएका थिए ।

आइतवार भएको निर्वाचनमा म्याक्रोंले पहिलो स्थान प्राप्त गरेका थिए भने ले पेन दोस्रो भइन् । सर्वेक्षणहरूका अनुसार ७ मेमा हुने दोस्रो चरणको निर्वाचनमा म्याक्रोंले ५९ प्रतिशत तथा ले पेनले ४१ प्रतिशत मत प्राप्त गर्ने सम्भावना छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्