१७ असार २०८३, बुधबार

जीप दुर्घटना हुँदा एक किशाेरीको मृत्यु

जेठ ३१, २०७७
जीप दुर्घटना हुँदा एक किशाेरीको मृत्यु
प्रतिकार्यात्मक तस्वीर।

जीप दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ । भिरकोट नगरपालिका– ५ मा शनिबार जीप दुर्घटना हुँदा भिरकोट– ५ की १५ वर्षीया दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

तिलाहार नेटास्थित कच्ची सडकखण्ड पकानफाँटबाट नेटातर्फ जाँदै गरेको ग२च २३७३ नंको जिप उकालो बाटोमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर घाइते भएकी दुर्गा  अर्यालको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक विमलराज कँडेलले जानकारी दिए। दुर्घटनामा परी जिप चालकसहित अन्य सात जना घाइते भएका छन्

दुर्घटनामा भिरकोट– ५ की ३७ वर्षीया शान्ती अर्याल, ३६ वर्षीय गीता अर्याल, २७ वर्षीया पार्वती अर्याल, ५६ की शोभा अर्याल, ७० वर्षीय भीमकुमारी अर्याल र २४ की सुस्मा अर्याल घाइते भएका छन्। घाइतेलाई गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको र जिप चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्