१० साउन २०८३, आइतबार

हिजो दिनभर : संविधानको 'ऐतिहासिक' संशोधन सर्वसम्मत पारित, प्रधानमन्त्री ओलीले भने- 'अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छ'

हिजो दिनभर : संविधानको 'ऐतिहासिक' संशोधन सर्वसम्मत पारित, प्रधानमन्त्री ओलीले भने- 'अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छ'

संविधानको 'ऐतिहासिक' संशोधन पारित भएपछि प्रम ओलीले भने- अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै अब  भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन्।

प्रतिनिधिसभाको शनिबारको बैठकबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा प्रम ओलीले संविधान संसोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो कुरा रहेकाे बताए।

'संविधान संशोधन एक ढङ्गले सर्वसम्मत रुपमा पारित भएको छ, केही सांसदहरु अनुपस्थित हुनुभएको मात्रै हो, यसको विपक्षमा कोही छैन, अब भारतसँग वार्ता हुनेछ,' उनले भने।

संविधानको 'ऐतिहासिक' संशोधन सर्वसम्मत पारित, नयाँ निसान छापमा लिम्पियाधुरा सहितको नक्सा

नयाँ नक्सा अनुसार नेपालको निसान छाप अद्यावधिक गर्न सरकारले संसदमा पेश गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । 

शनिवार बसेको प्रतिनिधिसभा बैठकले संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको हो ।

प्रतिनिधि सभामा भएको मतविभाजनमा मतदानमा सहभागी सांसद २५८ रहेका थिए । सबै मत प्रस्तावको पक्षमा परेका छन् भने विपक्षमा मत परेन ।

शनिवार प्रतिनिधिसभा बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् । 

शनिवार प्रतिनिधिसभा बैठकमा भएको दफावार छलफलमा नेकपा अध्यक्षका पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, राजपाका राजेन्द्र महतो, समाजवादी पार्टीका उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेमकिपाका प्रेम सुवाल लगायतले भाग लिएका थिए । 

सांसदहरूले राष्ट्रियताको सवालमा देखिएको एकता कायम राख्दै नेपाली भूमि फिर्ता लिनुपर्ने बताएका थिए । दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कानूनमन्त्री तुम्बाहाङ्फेले आजको दिन नेपाली इतिहास र संसदीय इतिहासमा गौरवपूर्ण दिनको रुपमा दर्ज भएको बताइन् । 

सरकारको तर्फबाट जवाफ दिँदै कानूनमन्त्री तुम्बाहाङ्फेले नक्सा अनुसार नेपाली भूमि फिर्ता लिइने बताइन् ।

सरकारले यसअघि मन्त्रिपरिषद् बैठकबाट अद्यावधिक नक्सा पारित गर्दै सार्वजनिक गरिसकेको छ भने सरकारी कामकाज लगायत सबै ठाउँमा नयाँ नक्सा प्रयोग गर्ने निर्णय गरेको छ । 

कोरोनाले थप २ जनाको मृत्यु, २७३ जना नयाँ संक्रमित
कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्साका २५ वर्षीय पुरुष र बाराको निजगढका ५ वर्षीय बालकको कोरोनाले मृत्यु भएको पुष्टि गरे ।

पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रवक्ता गौतमले थप २७३ जनामा कोरोना भाइरस संक्रमण भएको जानकारी दिए । देशभर कूल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पर्सामा जेठ २८ गते मृत्यु भएका पुरुषको नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । 

बाराको निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको प्रवक्ता पौडेलले बताए । यसरी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया १८ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्