
काठमाडौं, १५ वैशाख — वैशाखको शुक्ल तृतीयालाई अक्षय तृतीयाका रूपमा मनाइन्छ । यसपाली अक्षय तृतीया १६ गते अर्थात् भोलि शनिवार परेको छ ।

पौराणिक ग्रन्थहरूका अनुसार यस दिन गरिएको शुभ कार्यको अक्षय फल प्राप्त हुन्छ । यो दिन कुम्भको पूजा र दान गर्दा पुण्य पाइन्छ ।
जल भरिएको घडा, शर्बत, पंखा, खराउ, छाता, चामल, घिउ, खरबुजा, काँक्रो लगायतका कुरा दान गर्नु पुण्यकारी मानिन्छ ।
महालक्ष्मीको विशेष अनुष्ठान गर्नुभयो भने पनि धन प्राप्त गर्न सक्नुहुन्छ ।