२३ असार २०८३, मंगलबार

बाटो खाली भए पनि सवारीले जेब्रा क्रसमा राेक्नुपर्ने, जथाभावी बाटो काट्नेलार्इ २ सय जरिवाना

कात्तिक २०, २०७४
बाटो खाली भए पनि सवारीले जेब्रा क्रसमा राेक्नुपर्ने, जथाभावी बाटो काट्नेलार्इ २ सय जरिवाना

काठमाडौं, १५ वैशाख १५ –जेब्रा क्रस खाली भए पनि ३० सेकेण्ड सवारी रोकेरमात्र अघि बढ्न पाउने गरी नयाँ व्यवस्था गर्न लागिएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले सवारी चालकलाई जेब्रा क्रसिङ खाली भए पनि ३० सेकेन्ड सवारी रोकेरमात्र अघि बढ्न आग्रह गरे ।

उनले जेब्रा क्रसिङमा सवारी नरोक्ने चालकलाई कारवाही गर्ने चेतावनी दिए ।
त्यस्तै जथाभावी बाटाे काटेकाे खण्डमा पैदल यात्रुले समेत जरिवाना तिर्नुपर्ने भएकाे छ । जथाभावी बाटोकाटे २ सय जरिवाना लाग्ने जनाइएको छ ।  

काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थित गरी दुर्घटना न्यूनीकरण गर्न महानगरीय ट्राफिक महाशाखाले चेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्न लागेको छ ।

महाशाखाले शुक्रबार राजधानीमा एक कार्यक्रम गरी पैदलयात्रुको सुरक्षाका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको छ ।

पैदल यात्रुलाई जेब्रा क्रसिङ र आकासे पुलबाट मात्र बाटो काट्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । आकाशे पुल र जेब्रा क्रसिङ प्रयोग नगरी जथाभावी बाटो काट्ने पैदल यात्रुलाई कारवाही गर्ने चेतावनी प्रहरीले दिएको छ ।
राजधानीमा सवारी साधनमा हर्न निषेध गरेपछि ध्वनि प्रदूषणमा कमी आएको ट्राफिक प्रहरीको ठहर छ ।

salt training

कमेन्ट गर्नुहोस्