
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सैन्य एकेडमी वेस्ट पोइन्टमा दीक्षान्त भाषण दिएर फर्किंदा सुस्तरी अनि ध्यान दिँदै हिँडेको देखिएपछि उनको स्वास्थ्यका विषयमा प्रश्न उठेका छन् ।
तर ट्रम्पले किन सुस्तरी हिँडेको भन्ने विषयको व्याख्या आफ्नो ट्विटर ह्यान्डलमा गरेका छन् ।
उनले लेखे, ‘वेस्ट पोइन्टमा दीक्षान्त भाषण दिएर झर्दा त्यो र्याम्प एकदमै लामो थियो, त्यसमा हातले टेको लगाउने ठाउँ थिएन र सबभन्दा महत्त्वपूर्ण कुरा त त्यो चिप्लो थियो ।’ उनले झूटो समाचार दिनेहरूले मसला पाएको भन्दै मिडियाको आलोचना समेत गरेका छन् ।
The ramp that I descended after my West Point Commencement speech was very long & steep, had no handrail and, most importantly, was very slippery. The last thing I was going to do is “fall” for the Fake News to have fun with. Final ten feet I ran down to level ground. Momentum!
— Donald J. Trump (@realDonaldTrump) June 14, 2020
भिडियो फूटेजमा ट्रम्प लामो र्याम्पमा अप्ठ्यारो गरी हिँडेको देखिन्छ । त्यसपछि टीभी च्यानलमा अनेक स्वास्थ्यविद्हरू आएर ट्रम्पको स्वास्थ्यमा ठूलै समस्या रहेको बताएका थिए ।
ट्रम्पको हिँडाइ र त्यसले जन्माएको चर्चापछि ह्वाइट हाउसले उनको स्वास्थ्य सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै उनी वृद्ध भए पनि राम्रो अवस्थामा रहेको उल्लेख गरेको छ ।
आइतवार ट्रम्प ७४ वर्ष पुगेका छन् ।
Yet again, this guy has an amazing ability to draw attention to the things that embarrass him the most.
— Brian Tyler Cohen (@briantylercohen) June 14, 2020
Enjoy the video:pic.twitter.com/71LSADHHNN