काठमाडौं, १५ चैत्र– इसराइली सेनाले गोलान हाइट्समा एक ड्रोनलाई मिसाइल मार्फत भूइँमा खसालेको दावी गरेका छन् । यसको केही घण्टाअघि सिरियाले इसराइललाई दमिश्कमा मिसाइल हमला गरेको आरोप लगाएका थिए ।

इसराइलले यस क्षेत्रमा पेट्रायट मिसाइल रक्षाप्रणाली तैनाथ गरेको छ । मिडिया रिपोर्टका अनुसार इसराइलले सिरियामा उडिरहेको एक ड्रोनलाई मिसाइल प्रहार गरी खसालेका थिए । इसराइली सेनाले ट्वीटरमा जानकारी गराउँदै दमश्क अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको सेनाको ब्यारेकसँगै मिसाइल हमला भएको बताएको छ ।
सना न्यूज एजेन्सीका अनुसार उक्त हमलामा सेनाको फ्युल ट्यांक र वायरहाउस क्षतिग्रस्त भएको थियो ।
इसराइले यो कुरा अहिलेसम्म स्वीकारेको छ्र्र्रैन् तर ईरान र हिजबुल्लाको साँठगाँठलाई रोक्न हमला भएको हुनसक्ने स्वीकारेका छन् ।
ब्रिटेनस्थित सिरियाली मानवअधिकार संगठन सिरियन अब्जर्वेटरी फोरि ह्युमन राइट्सले विहीवार बिहान विष्फोटक आवाज शहरमा सुनेको बताएको छ ।