३२ असार २०८३, बिहीबार

कोभिड १९ का कारण गुल्मीका ३६ वर्षीय पुरुषको मृत्यु

कोभिड १९ का कारण गुल्मीका ३६ वर्षीय पुरुषको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको जनाएको छ ।

आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गुल्मी धुर्कोटका ३६ वर्षीय पुरुषको कोभिड १९ का कारण मृत्यु भएको बताए ।

'गुल्मी धुर्कोटका जैशीथोकका ३६ वर्षीय पुरुषको निधन भएको छ,' उनले भने, 'गत जेठ १२ गते प्रदेश प्रयोगशाला रुपन्देहीमा उहाँमा कोरोना पुष्टि भएको थियो ।'

मृतक तम्घासको रेसुंगामा आइसोलेसनमा रहेका थिए । उनको आइसोलेसनमा उपचारका क्रममा शनिवार मृत्यु भएको हो । डाक्टर गौतमले उनी क्यान्सरबाट पनि पीडित रहेको बताए । मृतक भारतबाट आएका थिए ।

यससँगै कोभिड १९ का कारण नेपालमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । 

प्रवक्ता गौतमले नेपालमा हालसम्म कोरोना जितेर घर फर्किनेहरूको संख्या ९ सय ७४ जना रहेको बताएका छन् । 

पछिल्लो २४ घण्टामा घर फर्किनेको संख्या ६१ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्