
कोरोना भाइरसका संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेका बेला भारतको राजधानी समेत रहेको दिल्ली राज्य सरकारले नयाँ नियम ल्याएको छ।
दिल्ली सरकारका लेफ्टिनेन्ट गभर्नर अनिल बैजलले भौतिक दूरी र सुरक्षा मापदण्ड उल्लंघनका विषयमा नयाँ नियमका लागि अनुमति दिएका हुन्।
नयाँ नियम अनुसार भौतिक दूरी र सुरक्षा मापदण्ड पालना नगरेमा जरिवाना लाग्नेछ।
भौतिक दुरीको पालना, सार्वजनिक स्थान र बाटोमा मास्क नलगाएमा तथा सार्वजनिक स्थानमा सुर्ती सेवन र थुकेमा ५०० सय भारु जरिवाना लाग्नेछ।
पटकपटक नियम उल्लंघन गरेमा १ हजार रुपैयाँ भारु जरिवाना लाग्नेछ।