२२ जेठ २०८३, शुक्रबार

आईजी प्रकरण : यस्तो रहेछ कासमू किर्तेको खेल ! [प्रयोगशालाको रिपोर्टसहित]

कात्तिक २०, २०७४
आईजी प्रकरण :  यस्तो रहेछ कासमू किर्तेको खेल ! [प्रयोगशालाको रिपोर्टसहित]


काठमाडौं, १५ वैशाख — सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेपछि अर्का डीआईजी नवराज सिलवाल आफूलाई अन्याय परेको भन्दै अदालत पुगे ।

सिलवालले ज्येष्ठता तथा कार्य सम्पादन मूल्यांकन (कासमू) का आधारमा आफू चन्दभन्दा अगाडि रहेको दाबी गर्दै त्यसको पुष्टि गर्ने कागज अदालतमा बुझाए ।

तर सिलवालले अदालतमा बुझाएको कागज नै गलत भएको फेला परेको छ । प्रहरीको ‘केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला’ले प्रहरी प्रधान कार्यालयमा बुझाएको प्रयोगशाला रिपोर्ट अनुसार सिलवालले अदातलमा पेश गरेको कागजपत्रमा किर्ते गरिएको फेला परेको हो ।

सिलवालले बुझाएको कासमूमध्ये अर्थिक वर्ष २०७२/०७३ मा किर्ते भेटिएको हो । अघिल्ला तीनवटा आर्थिक वर्षको विवरण ठीक छ । ती तीन वर्षमा अर्यालभन्दा सिलवाल नै अघि छन् । तर पछिल्लो एक वर्षमा चाहिँ अर्याल अघि छन् । त्यसमा सिलवालले किर्ते गरेको सरकारी अध्ययनको रिपोर्टले देखाएको महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले बताए ।

सरकारले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा रहेको फाइल खोल्दा सिलवालले अदालतमा बुझाएको भन्दा फरक कागज फेला परेको थियो । सिलवालले अदालतमा पेश गरेका कासमूको कागज अदालतले सरकारलाई पठाएको थियो । सोही कासमू कागज अनुसन्धान गर्दा सिलवालले किर्ते गरेको फेला परेको हो ।

सर्वोच्च अदालतले सिलवालले पेश गरेको कागजमा टेकेर सिलवाललाई नै महानिरीक्षक बनाउनु भन्ने आशयको आदेश जारी गरेको थियो ।

तर प्रहरी प्रधान कार्यालय, गृहमन्त्रालय र लोकसेवा आयोग कार्यालयमा मात्रै अति गोप्य तरिकाले रहने कार्य सम्पादन मूल्यांकन फाइल सिलवालले कसरी प्राप्त गरे भनेर सरकारले उक्त कागजपत्रमा अनुसन्धान गरेको थियो । सिलवाले चाहिँ सरकारले आफ्नो कासमू घटाइदिएको आरोप लगाएका छन् ।

सरकारले गृहमन्त्रालय तथा प्रहरी प्रधान कार्यालयमा रहेको कासमूको अधारामा डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाइसकेको छ । सिलवालले अर्यालकै कागजमा आफ्नो कासमू जोडेर किर्ते गरेको देखिएको छ ।
आर्थिक वर्ष २०६९/०७० देखि २०७२/०७३ सम्मको कासमूको आधारमा सिलवालभन्दा अर्याल अघि छन् । पहिलो वर्ष अर्यालभन्दा सिलवाल झिनो अंकले अघि छन् । बीचका दुई वर्षमा उनीहरूको अंक समान जस्तै छ । तर पछिल्लो २०७२/०७३ को कासमू अंकमा चाहिँ विवाद भएको हो ।

सरकारका अनुसार पछिल्लो वर्षमा अर्याल सिलवालभन्दा दुई अंकले बढी छन् । पछिल्लो वर्ष सिलवालले भन्दा दुई अंक बढी पाएका अर्याल समग्रमा चालिस पूर्णअंकमा हिसाव गर्दा  शून्य दशमलब ४४ अंकले अघि छन् । यसकै आधारमा अर्याल अघि परेका हुन् ।

सिलवालले आफ्नो अंक कम आएको वर्षको कागज किर्ते गरेका प्रयोगशालाको रिपोर्टले देखाएको छ । सिलवालले अदालतमा पेश गरेको अर्याल र आफ्नो कार्य सम्पादनको विवरण हुबहु मिलेको छ ।

विधिविज्ञान प्रयोगशालाका अनुसार अर्यालको २०७२/०७३ को चार पन्ने कासमूमा सुपरीवेक्षक, पुनरवलोकनकर्ता र पुनरवलोकन समितिको मूल्यांकन अंक, कारण र आधार तथा पुनरवलोकनकर्ताको नामथर, व्यक्तिगत नम्बर, दर्ता, कार्यालय र मिति हातले लेखेको पाइएको छ ।

‘सुपरीवेक्षकको नामथर, दर्ता, कार्यालय, मिति (गते बाहेक) र पुनरवलोकन समतिको नामथर, पद, परिचय लेख्न रबर स्ट्याम्पको प्रयोग गरिएको र बाँकी स्थानमा फर्म्याट अनुसार कम्प्युटरमार्फत कार्यालय वा छापाखानाको प्रिन्टरबाट प्रिन्ट गरेको देखिन्छ,’ प्रयोगशालाको रिपोर्टमा लेखिएको छ ।

सोही समयमा नवराज सिलवालको ६ पन्ने कासमूमा सुपरीवेक्षक, पुनरवलोकनकर्ता र पुनरवलोकन समितिको मूल्यांकनको अंक, कारण र आधार, सुपरीवेक्षक (व्यक्तिगत नम्बर खाली) र पुनरावेदनकर्ताको व्यक्तिगत नम्बर र मिति हातले लेखेको भेटिन्छ । पुनरवलोकन समतिको नामथर, पद, परिचय लेख्न रबर स्ट्याम्पको प्रयोग भएको र बाँकी स्थानमा फर्म्याटअनुसार कम्प्युटरमार्फत कार्यालय वा छापाखानाको प्रिन्टरबाट प्रिन्ट गरिएको छ ।

कासमूको फन्टमा अर्यालको कासमूमा कालिमाटी युनिकोडको प्रयोग गरिएको छ । सिलवालको विवादित कासमूमा चाहिँ कालिमाटी युनिकोड र उत्सा युनिकोडको प्रयोग गरिएको छ । उनको एकै पेजमा दुईथरी फन्ट भेटिएको हो ।

यसरी हेर्दा सिलवालले अदालतमा पेश गरेको पछिल्लो आर्थिक वर्षको कासमूमा केही गडबड भएको देखिन्छ । उनले पेश गरेको पछिल्लो आर्थिक वर्षको कासमूमा अर्याल र सिलवालकोमा केही विषय हुबहु छन् भने केही फरक छन् । मिलेका र फरक परेका विषयलाई तल तस्वीरमा देखाइएको छ ।

पछिल्लो वर्षको मूल्यांकन अंक रहेको अर्यालको चौथो पन्ना र सिलवालको छैठौं पन्नामा गडबड देखिएको हो । अर्यालको पन्ना ठीक छ भने सिलवालको पन्नामा चाहिँ गडबड देखिन्छ । (स्याम्पल ए सिलवालको कार्य सम्पादन मुल्यांकनको अन्तिम पन्ना हो भने बी अर्यालको फाइलको अन्तिम पन्ना हो ।)

सिलवालले गरेको किर्ते यस्तो छ —
















salt training

कमेन्ट गर्नुहोस्