०९ असार २०८३, मंगलबार

उपचारको क्रममा मृत्यु भएका गुल्मीका पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ

असार १, २०७७
उपचारको क्रममा मृत्यु भएका गुल्मीका पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ

गुल्मी धुर्कोट गाउँपालिका–४जैसीथोकका बाबुराम नेपालीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

उनको आइतबार उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

सोमवार आएको स्वाबको रिपोर्टमा नतिजा नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।  भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला पिसिआर जाँच गरिएको थियो ।

४२ वर्षीया ती पुरूष ८ दिन अगाडि भारतको दिल्लीबाट घर आएका थिए । उनको रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि बुटवल ल्याइएको थियो । उनी गाउँकै क्वारेन्टीनमा बसेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्