कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
असार १, २०७७
कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई अनुदान नबाँड्न लिखित निर्देशन दिएका छन् ।
शुक्रवार लोकान्तरमा कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमका नाउँमा कर्णालीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दुई करोड ९५ लाख रुपैयाँ वितरण गर्ने अन्तिम तयारी शुरू गरेको खोज समाचार प्रकाशित भएपछि सरकारले तत्काल अनुदान नबाँड्ने निर्णय गरेको हो ।
हेर्नुहोस् समाचार - मन्त्रीका स्वकीय सचिवकी श्रीमती, भान्जा र ड्राइभरसम्मलाई अनुदानका नाममा करोडौं बाँडिदै
समाचारलाई लिएर शनिवार संसदीय दलको बैठक बसेको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले उक्त अनुदान वितरण रोक्न सरकारलाई अनुरोध गर्ने निर्णय गर्यो । उक्त निर्णय नभएसम्म अन्य निर्णय हुन नसकेपछि दलको बैठकले उक्त निर्णय गरेको थियो ।
शनिबारको दलको बैठकको सोही निर्णयलाई टेकेर मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई आइतबार उक्त कार्यक्रमलाई पूर्ण रुपमा रोक्न निर्देशन दिएको छ । भूमि मन्त्रालयले तत्कालका लागि उक्त कार्यक्रम अघि नबढाउन मातहतका कृषि तथा पशु कार्यालयलाई आइतबार नै परिपत्र गरिसकेको छ ।
‘हामीले उक्त कार्यक्रमलाई रोक्न सम्वन्धित मन्त्रालयलाई परिपत्र गरिसकेका छौं,' सरकारका प्रमुख सचिव टेकनारायण पाण्डेले लोकान्तरसँग भने, ‘उहाँहरुले उक्त अनुदान वितरण गर्नुहुन्न ।
मन्त्रालयले नाम आएकाबाहेक अरुलाई वितरण गर्ने भनिरहेको छ नि भन्ने लोकान्तरकर्मीको प्रश्नमा उनले भने, ‘त्यस्तो हुँदैन । हामीले पूर्ण रुपमा कार्यान्वयनमा रोक्न निर्देशन सहितको पत्राचार गरेका छौं ।’
कर्णाली लकाउनको चपेटामा फसिरहेका समयमा मन्त्रालयले जिल्लामा रहेका आफ्ना पशु अस्पताल तथा कृषि कार्यालयमार्फत प्रदेशभरिका १ सय १६ जना नेता कार्यकर्ताहरुलाई बजेट वितरण गर्न लागेको समाचार लोकान्तरमा प्रकाशित भएको थियो ।
यसअघि मन्त्रीको पहुँचका आधारमा अनुदान वितरण गर्ने तयारी भएको थियो । सरकारका सामाजिक विकासमन्त्री दल रावल, भाइ पूर्णबहादुर रावल, उनका स्वकीय सचिव नन्द रोकायाकी श्रीमती आइती रोकाया, भान्जा अशोक भण्डारी, सवारीचालक सन्तोष रावल, प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामाका स्वकीय सचिव नेत्र महतारा, कृषि मन्त्रालयमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको नीजि सचिवालयमा काम गर्ने मुकुन्द शर्माकी आमा रमा शर्मालगायत धेरैलाई दुईदेखि ४ लाख ८५ हजारसम्म अनुदान बाँडने तयारी रोकिएको हो ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...