०८ असार २०८३, सोमबार

गण्डकी प्रदेशमा भारतबाट फर्किएकामध्ये १८ जनामा कोरोना संक्रमण

असार २, २०७७
गण्डकी प्रदेशमा भारतबाट फर्किएकामध्ये १८ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा मंगलबार १८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या २ सय २३ पुगेको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो । उनीहरु सबै जना भारतबाट फर्केर क्वारेन्टाइनमा बस्दैआएका थिए । 

स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा १०, स्याङ्जामा ४, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २, कास्की १ र बागलुङ १ सहित १८ जना फेला परेका हुन् । तीमध्ये गोरखा नगरपालिकाकी ३१ वर्षीया महिला छन् । अरु सबै १७ जना पुरुष छन् । गोरखामा भेटिएकामध्ये गोरखा नगरपालिकाका वर्ष २१, २५, २९, ३२, २६, ३५ र ५३ वर्ष उमेर समूहका छन् भने बारपाक सुलिकोट गाउँपालिकाका वर्ष २५ र ५३ का पुरुष छन् । 

स्याङ्जा चापाकोट नगरपालिकाका वर्ष १८ का २ जनासहित वर्ष ३५ र ३९ जना पुरुष छन् । 

नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को विनयत्रिवेणी गाउँपालिकाका वर्ष १८, कास्कीको पोखरा महानगरपालिकाका वर्ष २१ र बागलुङको ताराखोला गाउँपालिकाका वर्ष ३४ का पुरुषमा कोरोना भाइरस भेटिएको हो । 

संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्