०८ असार २०८३, सोमबार

प्रेमीले छोडेपछि रिसाएकी महिलाले विमानको शीशा फुटाइन्

असार २, २०७७
प्रेमीले छोडेपछि रिसाएकी महिलाले विमानको शीशा फुटाइन्

प्रेमीले छोडेपछि मापसे गरेर विमान चढेकी एक महिलाले रिसको सुरमा विमानको शीशा फुटाइदिएपछि विमान आकस्मिक अवतरण गर्नुपरेको छ । 

यात्रुको यो हर्कतपछि लूङ एयरलाइन्स फ्लाइट ८५२८ का चालकले झेङचो सिनझेङ अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराउनुपरेको थियो । 

ली नामक महिलाले उडिरहेको विमानमा मे २५ मा क्रोध व्यक्त गरेको विमान अधिकारीहरूले बताए । 

उनी सीटमा बसेर रोइरहेको अनि विमान कर्मचारी र अन्य यात्रुले उनलाई रोक्न खोजेको देखिन्छ । 

महिलालाई प्रेमीले छोडेको विश्वास गरिएको छ । 

उनले आधा लिटर चिनियाँ रक्सी बाइजिउ पिएको प्रहरीको भनाइ छ । त्यसमा अल्कोहलको मात्रा ६० प्रतिशतसम्म हुन्छ । 

विमानमा चढ्नुअघि लीले २५० मिलीका दुई बोतल पिएकी थिइन् । 

विमान चिङ्घाई प्रान्तको राजधानी सिनिङबाट उडेर जियाङ्सु प्रान्तको तटीय शहर यानचेङ जान लागेको थियो । 

प्रहरीले उनलाई हिरासतमा लिएको छ । उनलाई कति समयसम्म रिमान्डमा राखिएको थियो र विमानमा पुगेको क्षतिका लागि क्षतिपूर्ति तिराइने विषयमा केही थाहा हुन सकेको छैन । 

दण्डस्वरूप उनलाई उनलाई चीनको उड्डयन प्राधिकरणले कालो सूचीमा राख्ने नराख्ने स्पष्ट छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्