०१ साउन २०८३, शुक्रबार

उत्तर कोरियाले ध्वस्त पार्‍यो अन्तर्कोरियाली सम्पर्क कार्यालय भवन

असार २, २०७७
उत्तर कोरियाले ध्वस्त पार्‍यो अन्तर्कोरियाली सम्पर्क कार्यालय भवन

उत्तर कोरियाले आफ्नो भूमिमा रहेको अन्तर्कोरियाली सम्पर्क कार्यालय भवन मंगलवार बमले उडाएर ध्वस्त पारेको दक्षिण कोरियाले जनाएको छ । उत्तरमा प्योङयाङविरोधी पर्चाहरू पठाइएपछि क्रुद्ध बनेको उत्तरले सैन्य कारवाहीको धम्की दिएको केही समयपछि नै सम्पर्क कार्यालय उडाएको हो । 

उत्तरले दक्षिणविरुद्ध यति ठूलो कारवाही चलाएको निकै वर्षपछि पहिलोपटक हो । सन् २०१८ मा दुई देशबीच सञ्चार सम्पर्क कायम भएकोमा त्यसलाई पनि उत्तरले काटिसकेको छ । 

‘उत्तर कोरियाले अन्तर्कोरियाली सम्पर्क कार्यालयलाई बम हानेर उडाएको छ,’ दक्षिणको एकीकरण मन्त्रालयले बयान दियो । 

उक्त क्षेत्रमा विस्फोनका आवाजहरू सुनिएपछि मन्त्रालयले त्यसको पुष्टि गरेको हो ।

किम जोङ उन सरकारले उक्त भवनमा आफ्ना सबै कामहरू बन्द गरेको एक हप्तापछि भवन ध्वस्त पारेको हो । 

अमेरिकाले लगाएको नाकाबन्दी नटुंगिने देखेपछि निराश र आक्रोशित बनेको उत्तर कोरियाले दक्षिणमाथि सबै रिस पोखिरहेको छ । दक्षिणलाई तारो बनाएर ऊ अमेरिकालाई सन्देश दिन खोजिरहेको जस्तो देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्